कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत
बिहीबारको प्रदेश सभामा कँडेलले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा २३ मत परेको थियो। ४० सदस्यीय प्रदेश सभामा बिहीबार ३६ सांसद उपस्थित थिए।
सुर्खेत, वैशाख १३ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
बिहीबारको प्रदेश सभामा कँडेलले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा २३ मत परेको थियो। ४० सदस्यीय प्रदेश सभामा बिहीबार ३६ सांसद उपस्थित थिए।
कँडलेको प्रस्तावको विपक्षमा १२ मत परेको थियो भने १ मत तटस्थमा परेको बताइएको छ।
आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् भने राप्रपा तटस्थ बसेको थियो।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि माओवादीले तत्कालिन मुख्यमन्त्री राजकुमारा शर्मालाई राजीनामा गर्न लगाएर एमालेले मुख्यमन्त्री दिएको थियो। कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्र भएका थिए।
कँडेलले विश्वासको मत पाएपछि गठबन्धनभित्रको विवादका कारण मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन्।
प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार