Kathmandu Press

विदेशमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चित गर्न निर्देशन

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहँदा आवधिक निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको हो।
विदेशमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चित गर्न निर्देशन

काठमाडाैं, वैशाख १३ : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहँदा आवधिक निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको हो।

Hardik ivf

बैठकले बैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकहरुमा युद्ध तथा अन्य कारणले अलपत्र परेका नेपाली कामदारहरुको पहिचान गरि तत्काल उद्धारका लागि कार्यसञ्चालन गरि नेपाल फिर्ता ल्याउनका लागि पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

बैठकले नेपालमा सञ्चालिक मेनपावर कम्पनीहरको नियमित अनुगमन तथा निरिक्षण गरि बैदेशीक रोजगारीका क्षेत्रमा हुने सवै प्रकारणका ठगी अन्त्य गर्न श्रममन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिए।

त्यस्तै बैठकले श्रम मन्त्रालयका लागि चालू आर्थिक वर्षमा बिनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको भन्दै बजेट कार्यान्वयनमा रहेका व्यवधानहरुको तत्काल समाधान गरि बजेट कार्यान्वयनमा आवश्यक सुधार गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको सभापति खानले बताए।

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बैदेशिक रोजगारीमा जानका लागि मातहतका कार्यालयबाट सहज रुपमा सेवा प्रवाह सुरु गरिरहेको बताए। उनले वैदेशिक रोजगारमा जानेहरूले अनलाइन प्रणालीबाट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने व्यवस्था सुरु गरिएको जानकारी दिए। उनले फ्री भिसा–फ्री टिकट व्यहारमा लागू नभएको र ९६ प्रतिशतले पैसा तिरेर बैदेशिक रोजगारीमा जाने गरेको पाइएको भन्दै ठगी नियन्त्रणका लागि मन्त्रालयले आवश्यक काम गरिरहेको धारणा राखे।

बैठकमा समिति सदस्यहरुले बैदेशीक रोजगारमा जाने श्रमिकहरु मेनपावरबाट विभिन्न बहानामा ठगिने गरेको भन्दै मन्त्रालय गम्भीर हुनुपर्ने सुझाव दिएको धारणा राखेका थिए। उनीहरुले रेमिट्यान्समा रमाउने सरकारले श्रमिकहरुको समस्या समाधानमा पनि ध्यान दिनुपर्ने बताएका थिए। 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्