Kathmandu Press

एमाले नेताहरूको व्यवहारका कारण राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु : भीम रावल

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरे।
एमाले नेताहरूको व्यवहारका कारण राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु : भीम रावल

काठमाडौं, वैशाख १३ : नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन्।

Hardik ivf

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरे।

जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महशुस भएको उनले बताए। रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए। आफूले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्