Kathmandu Press

उपनिर्वाचनका लागि सेना परिचानल गर्न स्वीकृति प्रदान 

राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। 
उपनिर्वाचनका लागि सेना परिचानल गर्न स्वीकृति प्रदान 

काठमाडौं, वैशाख १३ : यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। 

राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। 

Hardik ivf

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो। नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ। बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भइसकेको छ।
 

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्