धनुषाको औरहीमा प्रहरीसँग स्थानीयकाे झडप, ९ सेल अश्रुग्यास प्रहार
१० दिनअघि दुई युवती अपहरणमा परे पनि प्रहरीले खोजी नगरेको आरोप लगाउँदै स्थानीयले बिहानैदेखि नाराबाजी गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।
जनकपुरधाम, वैशाख १३ : धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हाे।
१० दिनअघि दुई युवती अपहरणमा परे पनि प्रहरीले खोजी नगरेको आरोप लगाउँदै स्थानीयले बिहानैदेखि नाराबाजी गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले युवतीहरूको खोजी भइरहेको जनाएको छ।
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
