Kathmandu Press

रातो मच्छिन्द्रनाथको महास्नान [तस्बिरहरू]

प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ । यसैलाई महास्नान भनिन्छ।
रातो मच्छिन्द्रनाथको महास्नान [तस्बिरहरू]

काठमाडाैं, वैशाख १२ : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको बुधबार महास्नान गरिएको छ। योसँगै रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरू भएको छ।

हरेक वर्ष मच्छिन्द्रनाथको रथजात्रा अघि मूर्तिलाई स्नान गराउने प्रचलन छ। महास्नानका लागि मूर्तिलाई चाँदीको जलले स्नान गराइन्छ।

1650248726_machchindranath-1713967472.jpg

Hardik ivf

चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ। त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन।

प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ । यसैलाई महास्नान भनिन्छ।

rato-machchendranath-(4)-1713967472.jpg

यो जात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। यसलाई नेपालको सबैभन्दा लामो रथ जात्राको रूपमा मानिन्छ।

055434486DSC_9845-1713967472.jpg

rato-machchendranath-(21)-1713967473.jpg

प्रकाशित मिति: १९:५० बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्