Kathmandu Press

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना प्रकाशित गर्दै मनाङबाट निर्वाचित गुरुङको निलम्बन फुकुवा भएको जनाएका छन्।
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडाैं, वैशाख १२ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सफाई दिएपछि प्रतिनिधिसभाले गुरुङको निलम्बन फुकुवा गरेको हो।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना प्रकाशित गर्दै मनाङबाट निर्वाचित गुरुङको निलम्बन फुकुवा भएको जनाएका छन्।

Hardik ivf

सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो।

अख्तियारले २०७९ पुन ८ गते संघीय संसदलाई पत्र लेख्दै विशेष अदालतमा दायर मुद्दा अन्तिम किनारा नलाग्दासम्म गुरुङलाई सांसदबाट निलम्बन भनेको थियो।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, वैशाख १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्