Kathmandu Press

अजित मिजारको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन्। 
अजित मिजारको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

काठमाडौं, वैशाख १२ : अजित मिजारको न्यायका लागि विभिन्न दलित संगठनहरुले सरकारको खबरदारी गरेका छन्। 

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौंको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन्। 

Hardik ivf

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन्। 

उनले भनिन्, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरुको पक्षमा न्याय नदिने गरेको छ। यो अजितको मात्रै होइन, धेरै दलितहरुमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरु हुन्छ। तर राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाउने व्यवस्थनको विरुद्ध हामी छौं।’ 

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उनको परिवारले न्याय नपाउञ्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताएकी हुन्। 

यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकालले मिजार ७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएका बताए। 

उनले भने, ‘अजितको आज सर्वोच्चमा तारिक थियो। त्यही कारणले म काठमाडौं आएको थिएँ। तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ। यस्तै ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन। न्याय दिने भए ७३ सालदेखि ८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौ।’ 

अन्तर्जातीय प्रेम विवाह गरेका काभ्रेका मिजारको ८ वर्ष अघि धादिङमा हत्या भएको थियो। 
 

प्रकाशित मिति: १७:५० बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्