बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको जनाइएकाे छ।
हेटौंडा, वैशाख १२ : बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको जनाइएकाे छ।
हिउँदे अधिवेशन २०८० फागुन १५ मा सुरु भएको थियो। सात दिनको अधिवेशन अवधिमा ६ वटा मात्रै बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने व्यवस्था छ।
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ।
प्रकाशित मिति: १७:३९ बजे, बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
