महोत्तरीको मठिहानीमा भीषण आगलागी, सय बढी घर जले
मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ।
जनकपुरधाम, वैशाख १२ : महोत्तरीको मठिहानी नगरपालिका-६ मा भीषण आगलागी भएको छ।
मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अझै नियन्त्रणमा आइसकेको छैन। हावा तीव्र गतिमा चलिरहेकाले आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ।
अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे छ। त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भइरहेकाे जनाइएकाे छ।
प्रकाशित मिति: १७:२५ बजे, बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार