Kathmandu Press

अग्नि सापकोटाविरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु 

द्वन्द्वकालीन घटनाको विवादमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ।  
अग्नि सापकोटाविरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु 

काठमाडौं, वैशाख १२ : द्वन्द्वकालीन घटनाको विवादमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ।  

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, श्री प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाई शुरु भएको हो। चिया समय अघि रिट निवेदककोतर्फबाट वहश भएको थियो। सापकोटाको विपक्षमा कानुनव्यवसायी ओमप्रकाश अर्याल, ज्ञानेन्द्र आरण, काशीराम ढुङ्गाना, वरिष्ठ अधिवक्ता  बाबुराम गिरी र लक्ष्मी पोखरेलको वहश सकिएको छ।

Hardik ivf

सापकोटाविरुद्ध द्वन्द्वपीडित काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते रिट दर्ता गरेका थिए। सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला रिट दायर भएको थियो। द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा मुछेर सापकोटाविरुद्ध रिट दायर भएको हो।

कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन मागसहित लामकी पत्नी पूर्णिमाया लामाले भिन्नै रिट समेत दिएकी थिइन्। यस्तै, सापकोटाले अदालतको आदेश अटेर गरेको भन्दै पत्रकार कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा समेत दायर गरेका छन्। सुनुवाईका क्रममा प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश रिट निवेदकका कानुनव्यवसायीलाई विभिन्न प्रश्नहरु सोधेका छन्। 

न्यायाधीश मल्लले सङ्क्रमणकालीन न्याय सम्बन्धी बिषय भएकाले सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्न कि नियमित अदालतले भन्दै मल्लले प्रश्न सोधेकी थिइन्। उनले सत्यतथ्य पत्ता लगाउन सरकारले विस्तृत शान्ति सम्झौता र नयाँ संविधानसम्म भिन्नै आयोगको कल्पना गरेकाले क्षेत्राधिकारमा अदालत प्रवेश गर्न मिल्ने वा नमिल्ने भन्दै प्रश्न समेत समेत उठाइन्। आज वहश सकिए फैसला सुनाउने दिन तय हुने छ। 
 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्