राष्ट्रिय महिला भलिबल : एपिएफ र न्यु डायमण्डकाे विजयी सुरुवात
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपिएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।
काठमाडाैं, वैशाख १२ : केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमण्ड महिला टोलीले बिजयी सुरुवात गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपिएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।
खेलमा एपिएफ पहिलो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो सेट भने २२–२५ ले गुमाएको थियो। तेस्रो सेटमा एपिएफले २५–१७ को जित निकालेको थियो। चौथो सेटमा पनि एपिएफले २५–१६ को सहज जित निकाल्न सफल भयो।
त्यस्तै बुधबार भएको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो।
खेलमा डायमण्डले पहिलो सेटमा २५–१२ को एकपक्षीय जित निकाल्यो। दोस्रो सेटमा डायमण्डले २५–१५ को सहज जित निकाल्यो। तेस्रो सेटमा आर्मी २५–१७ ले विजयी भयो भने चौथो सेटमा भने डायमण्डले २५–२१ को प्रतिस्पर्धात्मक जित निकालेको हो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु प्रतियोगीतामा ४ टोलीको मात्र सहभागिता रहेको छ। राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन्।
फाइनल शनिबार हुनेछ। प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










