Kathmandu Press

दैनिक ज्यालादारी र न्यून आय भएकालाई विषेश प्याकेज घोषणा गर्न देउवाको माग

काठमाडौं, चैत १३ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लक डाउनले दैनिक ज्यालादारीमा निर्भर र न्यून आय भएकाहरुको दैनिक गुजारामा समस्या हुन सक....

दैनिक ज्यालादारी र न्यून आय भएकालाई विषेश प्याकेज घोषणा गर्न देउवाको माग

काठमाडौं, चैत १३ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लक डाउनले दैनिक ज्यालादारीमा निर्भर र न्यून आय भएकाहरुको दैनिक गुजारामा समस्या हुन सक्ने भन्दै सरकारलाई तत्काल विषेश प्याकेज घोषणा गर्न माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत देउवाले न्युन आय भएका समुदाय भोकमारीको सिकार नहोस भन्दे सरकारलाई उनीहरु लक्षित राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

'विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लक डाउन उत्तम विकल्प हो। तर सरकारको लक डाउनले दैनिक ज्यालादारी र न्यून आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रवन्ध पनि गर्न आवश्यक छ' देउवाले भनेका छन्,  कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।'

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, चैत १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्