आज राति १२ बजेदेखि उपनिर्वाचनकाे मौन अवधि सुरु
निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ।
काठमाडौं, वैशाख १२ : वैशाख १५ गते इलाम २ र बझाङ (क) मा उपनिर्वाचन हुँदैछ।
त्यसका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ।
मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन। मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको बताएको छ।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












