Kathmandu Press

कर्णालीमा माओवादीका रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त

मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।
कर्णालीमा माओवादीका रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त

सुर्खेत, वैशाख १२ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त परियारले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिए। परियार हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन्।

Hardik ivf

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कँडेलले  बिहीबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन्। उनी चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन्। मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ।

 

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्