Kathmandu Press

‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’

बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीवी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन्। 
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’

काठमाडौं, वैशाख १२ : माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्। 

बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीवी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन्। 

Hardik ivf

उनले भनिन्, ‘पारिजात दिदि साहित्यकार त हुनुहुन्थ्यो नै। उहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो। मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो।’

आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पृतिसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनिय रहेको बताइन्। 

उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ। हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं।’ 
 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्