कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा संसदबाट निलम्बन फुकुवा गर्न लागिएको हो।
काठमाडौं, वैशाख १२ : व्यवस्थापिका संसदले कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवाको प्रक्रिया अघि बढाएको छ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा संसदबाट निलम्वन फुकुवा गर्न लागिएको हो। भ्रष्टाचारमा मुद्दा चलाइएका गुरुङको निलम्बन नमिलेको भन्दै सर्वोच्च अदालतले यसअघि गुरूङको फुकुवा गर्न संसद सचिवालयका नाममा आदेश आदेश दिएको थियो।
भृकुटीमण्डपस्थित जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। गुरुङलाई विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना गरेको थियो।
गुरुङ विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। अख्तियारले गरेको निलम्बन कारबाही फुकुवाका लागि समेत गुरूङले सर्वोच्चमा रिट दिएका थिए।
प्रकाशित मिति: १५:१९ बजे, बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












