Kathmandu Press

भ्रमण सम्पन्न गरी स्वदेश फर्किए कतारी राजा

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उहाँको सम्मानका दिवाभोजको आयोजना गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी राजालाई स्वागत गरेका थिए। दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।
भ्रमण सम्पन्न गरी स्वदेश फर्किए कतारी राजा

काठमाडौं, वैशाख १२ :  नेपालकाे दुई दिने भ्रमण सम्पन्न गरी कतारी राजा सेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। सो अवसरमा  सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित थिए।

कतारका राजाको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। 

Hardik ivf

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।

दिवाभोजको आयोजना

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी राजालाई स्वागत गरेका थिए। दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

उनीहरूबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। कतारका राजा अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आइपुगेका हुन्।

कतारी राजले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए। राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो। 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्