Kathmandu Press

नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, वैशाख १२ : नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

Hardik ivf

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ। साेही अवसरमा कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरूकाे उपस्थिति थियाे।

प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा सहभागी भए कतारी टोली आजै स्वदेश फर्किनेछ। दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका राजाले साेही दिन साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शीतल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। उनकाे स्वागत र सम्मानका लागि सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्