उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
काठमाडौं, वैशाख १२ : निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
“वैशाख १२ गते (बुधबार) राति १२ बजेबाट चुनावको प्रचारप्रसार गर्न पाइँदैन,” उनले भने । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार