Kathmandu Press

उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने 

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने 

काठमाडौं, वैशाख १२ : निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । 

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

Hardik ivf

“वैशाख १२ गते (बुधबार) राति १२ बजेबाट चुनावको प्रचारप्रसार गर्न पाइँदैन,” उनले भने । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । 

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्