Kathmandu Press

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

सुनसरी, वैशाख ११ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ। आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ।

स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Hardik ivf

आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ। आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए। आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ।

प्रकाशित मिति: २१:१९ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्