कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।
काठमाडौं, वैशाख ११ : कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले वैशाख १३ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा कर्णाली प्रदेश सरकारमा अहिलेसम्म सरकार विस्तारको कार्य रोकिएको छ।
यसैबीच, मंगलबार दिउँसो मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच मन्त्री भागबण्डाको विषयमा कुराकानी भएको जनाइएको छ। विश्वासको मत लिनु अगावै मन्त्रीको भागवण्डा टुंग्याउने तयारी भएको छ।
प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












