Kathmandu Press

कतारका अमिरले भने– सहयोगका थप क्षेत्र पहिचान गर्न चाहेको छु

थानीले नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास पनि व्यक्त गरे।
कतारका अमिरले भने– सहयोगका थप क्षेत्र पहिचान गर्न चाहेको छु

काठमाडौं, वैशाख ११ : नेपालको दुईदिने भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपालको सहयोगका लागि सहयोगका थप क्षेत्रहरू पहिचान गर्न चाहेको बताएका छन्।

थानीले मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडलसँगको भेटमा उक्त भनाई राखेका हुन्। नेपालसँगको सम्बन्ध मजबुत बनाउँदै राम्रो सम्बन्ध स्थापित गर्न चाहेको थानीले बताए।

Hardik ivf

कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै त्यसको प्रशंसा समेत गरे । उनले सहयोगका लागि आभार समेत प्रकट गरेका थिए।

थानीले नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास पनि व्यक्त गरे।

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे मात्र राम्रो परिणाम आउने बताउँदै सबैका लागि सुखद वातावरण तयार हुने भनाई पनि राखे।

 

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्