Kathmandu Press

‘पहिचान चाहानेहरूले इलाममा कांग्रेसलाई जिताउनु पर्छ’

कांग्रेस सधैं पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे। उनले पहिचान चाहानेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने बताए।
‘पहिचान चाहानेहरूले इलाममा कांग्रेसलाई जिताउनु पर्छ’

इलाम, वैशाख ११ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी नै कांग्रेस भएको बताए।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. कोइरालाले पहिचान चाहानेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने बताए।

Hardik ivf

कांग्रेस सधैं पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु विराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ,’ उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ।’

नेता कोइरालले वैशाख १५ गते रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई जिताउन आग्रह गर्दै त्यस्तो भए इलाम–२ को विकासको जिम्मा आफूले लिने बताए।

सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेताभन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।

 

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्