Kathmandu Press

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली भ्रमणमा छ।
कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

काठमाडौं, वैशाख ११ : २० घन्टा नेपाल रहनेगरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका छन्।

निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली भ्रमणमा छ।

Hardik ivf

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान पनि सहभागी छन्। राजासहितको टोलीले द्विपक्षीय वार्ता शीतलनिवासमा गर्दैछ । साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज दिंदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालर कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्