Kathmandu Press

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

लियोनमा वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

काठमाडौं, वैशाख ११ : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना भएको १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागिता जनाएका छन्।

लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए। प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारको उदघाटन सत्रमा महानिरीक्षक कुँवरले सहभागिता जनाएका छन्।

Hardik ivf

कार्यक्रम अवधिभर महानिरीक्षक कुँवरले मित्र राष्ट्रहरू चीन, भारत, जापान र मलेसियाका प्रहरी प्रतिनिधिमण्डलहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ।

हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ।

सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्समा छन्।

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्