अमिर शेख विमानस्थलबाट सिधै शितनिवास पुगे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा अयोजित स्वागत समाहरोपछि अमिर शेख सिधै राष्ट्रपति भवन शीतल निवास गएका छन्।काठमाडौं, वैशाख ११ : कतारका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा अयोजित स्वागत समाहरोपछि अमिर शेख सिधै राष्ट्रपति भवन शीतल निवास गएका छन्।
विमानस्थलमा उनलाई २१ तोपको सलामीसहित राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।
शितल निवासमा राष्ट्रपति पौडेल र अमिर शेखबीच दुईपक्षीय भेट हुन्छ।
शितल निवासबाट अमिर सोल्टी होटलमा जाने छन्।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












