Kathmandu Press

नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएन : प्रदिप पौडेल

राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गरे।
नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएन : प्रदिप पौडेल

काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन्।
 
लोकतन्त्र दिवसको अवसरमा मंगलबार आयोजित ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको बताएका हुन्।

‘नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबै छन्। तर हामीसँग नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान छैन। हामीले बुझेको लोकतन्त्र यही हो त ?,’ नेता पौडेलले भने।

Hardik ivf

राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गरे।

‘लोकतन्त्र हाम्रो प्राथमिकतामा नपरेको हो कि ? यो लोकतन्त्रले काम गर्दैन भनेर निष्कर्ष निकाल्ने स्थितिमा पुगिएको हो कि?,’ उनले भने, ‘राजनीतिक दलहरुले जुन किसिमले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने हो त्यो नराखेको स्पष्ट देखिन्छ।’

केही टेलिभिजनहरुले लोकतन्त्र स्थापनाका लागि सडकमा संघर्ष गरेका नेताहरुलाई सडकमा ढुंगामुडा गरेर राजनीतिमा आएका हो त नि भन्ने भाष्य समाजलाई दिन खोजेको आरोप उनले लगाए। लोकतन्त्रले नैतिकताको नजिर बनाउन नसकेको पौडेलको भनाइ छ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै पौडेलले यसको विकल्प अन्य कुनै शासन प्रणाली हुन नसक्ने उल्लेख गरे ।

 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्