Kathmandu Press

सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता हुन्छ : लामिछाने

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भने।
सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता हुन्छ : लामिछाने

काठमाडौं, वैशाख ११ : उपप्रधानमन्त्र तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन्।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अध्यादेश ल्याएर भएपनि सहकारीको समस्या समाधान गरिने बताए।

Hardik ivf

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ।’

स्मरणीय रवि लामिछाने पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन्। उनले आफूले एक पैसापनि हिनामिना गरेको बताताउँदै आएका छन्।

प्रकाशित मिति: १६:२७ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्