Kathmandu Press

कतारका राजा अमिर शेख नेपाल आइपुगे

बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम छ।
कतारका राजा अमिर शेख नेपाल आइपुगे

काठमाडौं, वैशाख ११ : कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्।

निजी विमान मार्फत अमिर शेख दिउँसो ३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।

Hardik ivf

अमिर शेखलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्।

बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम छ।

अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने छन्। उनले भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षी वार्ता गर्नेछन्।

 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्