Kathmandu Press

जनकपुरको होटलमा झुन्डिएको अवस्थामा भेटिए महिला र पुरुष

प्रहरीका अनुसार मृतकमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर छन्। दुवै होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
जनकपुरको होटलमा झुन्डिएको अवस्थामा भेटिए महिला र पुरुष

धनुषा, वैशाख ११ : जनकपुरमा महिला र पुरुष मृत भेटिएका छन्।

मंगलबार जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार मृतकमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर छन्। दुवै होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्