Kathmandu Press

भारतबाट आएका वृद्धको क्वारेन्टाइनमा मृत्यु

पोखरा, चैत १३ : भारतबाट घर फर्किएका बृद्धको कास्कीको क्वारेन्टाइनमा मृत्यु भएको छ।

कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका स्थानीय....

भारतबाट आएका वृद्धको क्वारेन्टाइनमा मृत्यु

पोखरा, चैत १३ : भारतबाट घर फर्किएका बृद्धको कास्कीको क्वारेन्टाइनमा मृत्यु भएको छ।

कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका स्थानीय ५० वर्षीय विश्ववन्धु नेपालीको क्वारेन्टाइनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, उनी १२ दिन अघि भारतको हैदरावादबाट फर्किएका थिए।

स्थानीय प्रशासनले उनलाई मंगलबार क्वारेन्टाइनमा राखेको थियो। बुधबार बिहान खाना खाएर सुतेका उनी अबेरसम्म उठेका थिएनन्। त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।

उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए। अध्यक्ष ओझाका अनुसार, उनी मुटु तथा कलेजो रोगबाट पीडित थिए। उनले नियमित औषधि खाइरहेको परिवारजनले बताएको अध्यक्ष ओझाको भनाइ छ।

उनमा कोरोना भाइरसको लक्षण भने देखिएको थिएन्। भारतबाट फर्किएकाले क्वारेन्टाइनमा राखिएको थियो।

उनको शव अस्पतालमा राखिएको छ। शव पोस्टमार्टम गर्न लागिएको जनाएको छ।

प्रकाशित मिति: १०:४६ बजे, बिहीबार, चैत १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्