Kathmandu Press

नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

‘नीजि क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ, निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन त्यसैले नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ,’ उनले भने।
नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्।

नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘नीजि क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ, निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन त्यसैले नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ,’ उनले भने।

प्रधानमन्त्री दाहालले आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने बताए। उनले लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने भन्दै लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए।

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ, ⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ,’ उनले भने।

उनले नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्