कतारका राजालाई विमानस्थलमा राष्ट्रपतिले स्वागत गर्ने
राजकीय भ्रमणमा पहिलो पटक नेपाल आउन लागेका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्।
काठमाडौं, वैशाख ११ : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने भ्रमणमा नेपाल आउँदैछन्। उनी आज साँझ नेपाल आइपुग्ने छन्।
राजकीय भ्रमणमा पहिलो पटक नेपाल आउन लागेका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्।
अमिरको सवारीका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द बताइएको छ।
उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने छन्। उनले भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षी वार्ता गर्नेछन्।
प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार