कोरोना भाइरस मानव जातिका लागि जोखिम : राष्ट्रसंघ
काठमाडौं, चैत १३ : संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनि....

काठमाडौं, चैत १३ : संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख जनाएका छन्। कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।
डिसेम्बर २०१९ मा चीनको वुहानबाट देखिएको भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ०९:४९ बजे, बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











