Kathmandu Press

मोटरसाइकल दुर्घटनामा बर्दिबासमा २ जनाको मृत्यु

सोमबार दिउँसो बर्दिबास नगरपालिका–२ मा दुर्घटना हुँदा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
मोटरसाइकल दुर्घटनामा बर्दिबासमा २ जनाको मृत्यु
Hardik ivf

महोत्तरी, वैशाख १० : सोमबार महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बा. प्र०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दिउँसो बर्दिबास नगरपालिका–२ मा दुर्घटना हुँदा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको हाे।

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्