Kathmandu Press

गण्डकी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दैै’मा

सर्वोच्चले यसअघि गण्डकी सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको थियो। अधिकारीले अदालतको अवहेलना गरेको आरोपसहित सर्वोच्च अदालतमा अवहेलना मुद्दा समेत दर्ता भएको छ।
गण्डकी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दैै’मा

काठमाडौं, वैशाख १० : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा सोमबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको थियो। अर्को पेसी वैशाख १७ गतेका लागि राखिएको छ। पाण्डेले गण्डकी सरकार र मुख्यमन्त्रीविरुद्ध गत चैत २८ गते भिन्नै रिट दिएका थिए।

Hardik ivf

सर्वोच्चले यसअघि गण्डकी सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको थियो। अधिकारीले अदालतको अवहेलना गरेको आरोपसहित सर्वोच्च अदालतमा अवहेलना मुद्दा समेत दर्ता भएको छ।

कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिएको दाबी गर्दै कारबाहीका लागि अवहेलना निवेदनमा माग गरिएको छ।

सर्वोच्चको आदेशमा दीर्घकालीन महत्वका निर्णयहरू नगर्न आदेश दिए पनि अधिकारीले मुख्यमन्त्रीले महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरेका थिए। दुवै निवेदनमा एकसाथ सुनुवाई भइरहेको छ।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्