Kathmandu Press

‘प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे’

‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन्,’ उनले भने, ‘हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरुले कम्युनिष्टको नाम मात्रै जप्छन्।’
‘प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे’

काठमाडौं, वैशाख १० : क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन बैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको बताएका छन्।
 
१५५औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए।

‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन्,’ उनले भने, ‘हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरुले कम्युनिष्टको नाम मात्रै जप्छन्।’

Hardik ivf

अध्यक्ष वैद्य अहिले कमजोर भएको कम्युनिष्ट आन्दोलन लगातार काम गर्ने हो भने सफल हुने बताए। दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर माक्र्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियवादको खेती गरिरहेको उनले बताए।

 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्