Kathmandu Press

सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से 

सरकार आगामी वर्षका लागि बजेटसँगै लगानी सम्मेलनलाई ध्यानमा राखेर विदेशी लगानी ल्याउने वातावरण बनाउन अध्यादेशबाट विभिन्न कानुन संशोधनको तयारीमा छ।
सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से 

काठमाडौं, वैशाख १० : नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतबार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमबार पुनः घटेको छ। 

सरकार आगामी वर्षका लागि बजेटसँगै लगानी सम्मेलनलाई ध्यानमा राखेर विदेशी लगानी ल्याउने वातावरण बनाउन अध्यादेशबाट विभिन्न कानुन संशोधनको तयारीमा छ।

Hardik ivf

सेयर बजारका लगानीकर्ताले भने सरकारलाई पत्याउन नसकेको कारोबारको संकेत छ । बैंक ब्याजदर घट्दा पनि सेयर कारोबार उत्साहजनकरुपमा बढेको छैन ।  

साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ । आइतबार २ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूहमा म्युचुअल फण्डबाहेकका सबै घट्दा नेप्से परिसूचकसँगै कारोबारममा गिरावट देखिएको हो । सर्वाधिक फाइनान्स उपसमूह २.१० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूह पनि उल्लेख्य घटेका छन् । 

कारोबारमा आएका ३२० कम्पनीमध्ये १८६ वटाको सेयरमूल्य घटेको छ । ४९ वटाको मात्रै बढेको छ भने १० वटाको मूल्य स्थिर छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा पिपुल्स पावर  लिमिटेड अगाडि छ । उक्त कम्पनीका लगानीकर्तालाई ६.९१ प्रतिशतले मूल्य बढ्दा फाइदा भएको छ । आज सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको भएको छ । यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

सेयरसमूल्य घटेर धेरै नोक्सानीमा पर्नेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता छन् । उक्त कम्पनीको सेयर ७.३७ प्रतिशतले घटेको छ । एनआइसी एसिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रोपावर,सृजनशील लघुवित्तलगायत सेयरमूल्य घटेका कम्पनीको सूचीमा छन् । 
 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्