Kathmandu Press

पाेखरामा सहकारीपीडितले भने- ‘जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो। 
पाेखरामा सहकारीपीडितले भने- ‘जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’

काठमाडौं, वैशाख १० : गृहमन्त्री रवि लामिछाने जोडिएको सुर्यदर्शन सहकारीसहितका पीडित बचतकर्ता सडक आन्दोलनमा उत्रिएका छन्। 

पीडितहरुले संयुक्त संघर्ष समितिमार्फत सोमबार बृहत दबाब र्‍यालीसहित प्रदर्शन गरे। सहकारी पीडितहरुले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली निकालेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो। 

Hardik ivf

कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि सडकमा उत्रिएका थिए। सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आवद्ध छन्।

ठगीमा संलग्नलाई राजनीतिक संरक्षण रहेको भन्दै पीडितहरुले सडकमा आक्रामक नाराबाजी गरेका थिए। पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’ जस्ता नारा लगाएका थिए। 

दोषीलाई कारबाही, पीडितको रकम फितार्लगायत माग राखेर संघर्ष समितिमार्फत जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाइएका छ। 
 
 

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्