Kathmandu Press

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह : विभिन्न संघसंस्थाले गरे प्रदर्शन

नि:शुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्दै विभिन्न संघसंस्थाका साथै नागरिक समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह : विभिन्न संघसंस्थाले गरे प्रदर्शन

काठमाडाैं, वैशाख १० : शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताहका अवसरमा विभिन्न संघसंस्थाले काठमाडाैंमा प्रदर्शन गरेका छन्। 

नि:शुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्दै विभिन्न संघसंस्थाका साथै नागरिक समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

बाजागाजासहित प्रदर्शनमा सहभागी भएकाहरुले शिक्षामा लगानी बढाऔं, शिक्षामा रुपान्तरण, शिक्षा अधिकार सबैको सरोकारलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब दिन प्रदर्शन गरिएको सहभागीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्