Kathmandu Press

कोरोनाका कारणले बैक कर्जाको सावा र व्याज भुक्तानी चैत मसान्तसम्म स्थगन

काठमाडौं, चैत १२ : सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन गरेको छ । 

अर्थमन्त्री युवरा....

कोरोनाका कारणले बैक कर्जाको सावा र व्याज भुक्तानी चैत मसान्तसम्म स्थगन

काठमाडौं, चैत १२ : सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन गरेको छ । 

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले नेपाल राष्ट्र बैंकले त्यस्ता व्यवसायहरुको पहिचान गरी यो सुविधा क कसले पाउने भन्ने निर्क्योल गरेर प्रदान गर्ने निर्णय गरेको छ । 

बैठकले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्युनतम् सेवाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभाव भएको कर्जाको वर्गीकरण तथा व्यवस्थालाई यथास्थितिमा राख्ने पनि जानकारी दिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले नगदरहित कारोबारलाई प्रोत्सान गर्न विद्युतीय भुक्तानी दूस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्युनतम् कायम गर्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन दिइएको छ। 

बैठकले बैंकहरुमा निक्षेपका रुपमा आउने नोट र वितरण हुने नोटलाई डिस्इन्फेक्सन अर्थात् संक्रमणरहित बनाउन पनि सबै बैकहरुलाई निर्देशन दिएको छ। 

यसैगरी अत्यावश्यकीय मेडिकल समाग्री र उपकरणको टीटीमार्फत आयात गर्दा विदेशी मुद्राको सीमा लागू नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देश गरिएको छ । यस्ता सामग्री प्रतितपत्रमार्फत आयात गर्दा राख्नुपर्ने धरौटी रकम पनि पुनर्विचार गरिने भएको छ ।तरलताको अभाव हुन नदिन अर्थ मन्त्रालयले बाँकी भुक्तानी सरल र सहज तरिकाले गर्ने र राष्ट्र बैंकले पुर्नकर्जा कोषको समेत उपयोग गरेर तरलता सहज गर्ने नीति लिएको छ ।आपूर्ति व्यवस्था सहज गर्न मझौला उद्योगको लागि आवश्यक ब्याजर विमा प्रिमियमको अनुदानको अर्थ मन्त्रालयले सुनिश्चित गर्ने पनि बैठकले निर्णय गरेको छ । 
 

प्रकाशित मिति: २२:५८ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्