एउटै अध्यादेशमार्फत नौ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय भएको छ। सरकारको निर्णय अनुसार अध्यादेशमार्फत एकसाथ नौ वटा ऐन संशोधन हुने भएका छन्।
काठमाडौं, वैशाख १० : मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ।
अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय भएको छ। सरकारको निर्णय अनुसार अध्यादेशमार्फत एकसाथ नौ वटा ऐन संशोधन हुने भएका छन्।
अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा संशोधन गर्ने तयारीमा सरकार छ। चाँडै अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिने जनाइएको छ।
प्रकाशित मिति: १५:५३ बजे, सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












