Kathmandu Press

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई देउवाकाे सुझाव

मदन भण्डारीको रहस्यमय ढंगले हत्या भएको भन्दै उनले हत्यारा खोज्न कसले रोकेको छ भन्दै उनले प्रश्नसमेत गरे।
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई देउवाकाे सुझाव

काठमाडाैं, वैशाख ९ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका छन्।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले कांग्रेसको विरोध गर्दैमा मदन भण्डारीको हत्यारा पत्ता नलाग्ने भन्दै पटकपटक सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका हुन्। मदन भण्डारीको रहस्यमय ढंगले हत्या भएको भन्दै उनले हत्यारा खोज्न कसले रोकेको छ भन्दै उनले प्रश्नसमेत गरे।

Hardik ivf

त्यस्तै सभापति देउवाले मुलुकको व्यवस्थाको सुदृढ गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने सवैको जिम्मेवारी भएको भन्दै दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्ने बताए। संसदमा प्रतिपक्षीले उठाएका बिषयहरुलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उनले बताए।

देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्नेमा जाेड दिए। उनले लोकतन्त्रको मूल्यमान्यताका साथ प्रतिबद्ध भएका कांग्रेसको गतिविधिहरु अघि बढ्ने जिकिर गरे। उनले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे। 

'नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु', सभापति देउवाले भने, 'नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ।'

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्