Kathmandu Press

जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रचण्ड

सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रचण्डले विभिन्न चुनौतीहरू खडा भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन्।
जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रचण्ड

काठमाडाैं, वैशाख ९ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रचण्डले विभिन्न चुनौतीहरू खडा भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन्।

Hardik ivf

उनले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने धारणा राखे। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री प्रचण्डले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको धारणा राखे।

उनले कर्मचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए। दिवंगत कर्माचार्यले २००५ देखि प्रजातन्त्र संघमा आबद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका उनले स्मरण गरे।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताए। मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उनले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताए। अध्यक्ष नेपालले अहिलेको परिस्थीति जटिल रहेको र छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको भन्दै गठबन्धन कति दिन टिक्छ भन्न नसकिने बताए। 

तयस्तै  प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताए। 

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्