Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

नेकपा स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा एमालेले उक्त सम्मान गरेको हाे।
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

काठमाडौं, वैशाख १० : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ।

नेकपा स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा एमालेले उक्त सम्मान गरेको हाे। एमालेले भण्डारीलाई सम्मान गर्न सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा विशेष समारोहकाे आयोजना गरेको थियाे।

Hardik ivf

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरेका थिए। साे अवसरमा नेसपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीकाे पनि उपस्थिति थियाे।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गरेको हो।

 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्