अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए।
काठमाडौं, वैशाख १० : अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाउने भएका छन्।
मन्त्रिपरिषदकाे आज बसेको बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा मुछिएकाे भन्दै उनीविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाे थियाे।
अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो।
प्रकाशित मिति: १२:४५ बजे, सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












