Kathmandu Press

काठमाडौंमा छर्किन थालियो डिसइन्फेक्सन स्प्रे (फोटो फिचर)

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्किन थालेको छ।

वि....

काठमाडौंमा छर्किन थालियो डिसइन्फेक्सन स्प्रे (फोटो फिचर)
रिवाज राई

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्किन थालेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन किटनाशक औषधि छर्किन थालिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।  

‘काठमाडौं महानगपालिकाले बुधबार सोल्टीमोड कालीमाटी तरकारी बजार क्षेत्र, बढी भिडभाड हुने क्षेत्र वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल लगायतका स्थानमा किटनाशक औषधि छर्किएको छ।

‘सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता काम सुरु भएको छ। यसलाई निरन्तरता दिन्छौँ, ’ मेयर शाक्यले भने।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्