Kathmandu Press

गठबन्धनको भविष्यमाथि प्रश्न उठ्यो, लामो जानेमा शंका छ : माधव नेपाल

‘छोटो समयमै गठबन्धन ओल्टेकोल्टे गरेको छ, यो गठबन्धन कति दिन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ।’
गठबन्धनको भविष्यमाथि प्रश्न उठ्यो, लामो जानेमा शंका छ : माधव नेपाल

काठमाडौं, वैशाख १० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको बताएका छन्।

गठबन्धनको भविष्यमा प्रश्न उठेको बताउँदै  अध्यक्ष नेपालले गठबन्धन लामो समयसम्म जानेमा शंका भएको बताए। च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा उनले यस्तो बताएका हुन्।

Hardik ivf

उनले नेपालको राजनीति जटिल रहेको बताए। ‘छोटो समयमै गठबन्धन ओल्टेकोल्टे गरेको छ, यो गठबन्धन कति दिन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै उनले त्यसको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने बताए।

‘कति दिनसम्म यो गठबन्धन टिक्ने हो ? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ। यति भनौं परिस्थिती सहज छैन। हामीले सहज ठानिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौं । समाजमा जन्मेका पनि होइनांै। कसैको दास बन्ने हाम्रो नियत पनि होइन्।’

उनले देशभक्ति र कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए। नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवद्र्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाई छ ।

 

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्