काठमाडौंको हाव फेरि खराबको सूचीमा पहिलो नम्बरमा
सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।
काठमाडाैं, वैशाख १० : काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ।
सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।
खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ। बेइजिङको एक्युआइ १६४ रहेको छ। तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ। थाइल्यान्डको १६२ एक्युआइ छ।
वातावरण विभागले काठमाडौंको वायु निकै अस्वस्थ रहेको जनाएको छ। देशभर डढेलो लाग्दा हावा हानिकारक भएको विभागले जनाएको छ।
अहिले देशभर १४६ स्थानमा डढेलो लागिरहेको छ।
प्रकाशित मिति: ११:०७ बजे, सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार